माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरीको परीक्षण सुरु

काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण सुरु भएको छ । विद्युत उत्पादन सुरु गर्नुअघि कुनै समस्या भए/नभएको पहिचान गर्न आइतबारबाट पोखरीमा पानी भरेर परीक्षण सुरु गरिएको हो ।

अबको १ सातासम्म पोखरीमा पानी भरेर परीक्षण गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘बिहानैदेखि तामाकोसी नदीको पानी पोखरीमा जम्मा गरिरहेका छौं,’ उनले भने, ‘ पोखरी पूर्णरूपमा भरिन ४/५ दिन लाग्छ । पोखरी भरेर परीक्षण गरेपछि समस्या भए/नभएको थाहा हुनेछ ।’

तामाकोसी नदीको पानी यही पोखरीमा थिग्राएर मुख्य सुरुङ हुँदै विद्युतगृहमा लगेर खसाली विद्युत उत्पादन सुरु गरिनेछ । पोखरीको परीक्षण सुरु भएकाले प्रवर्द्धक अप्पर तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसहितको उच्च व्यवस्थापन समूह अहिले आयोजना स्थलम पुगेकाे छ ।

सबै संरचनाको परीक्षण गरेर २०७८ बैशाखभित्र आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको पनि न्यौपानेले बताए । बाँधकाे पनि पहिले नै परीक्षण सकिएकाे छ । उनले एक्सपान्सन ज्वाइन्ट पाइपको विकल्पमा मुख्य सुरुङबात तीव्र बेगमा आउने पानीलाई विद्युतगृहमा जडान भएको टर्वाइनमा खसाल्नुअघिको उच्च गति व्यवस्थापन गर्न गरिने वेल्डिङका लागि आवश्यक उपकरण तथा सामाग्री आयोजना स्थलमा आइसकेको जानकारी दिए ।

चैतभित्र वेल्डिङपछिको ढलान कार्य पूरा गरेर बैशाखदेखि पहिलो युनिट सञ्चालन गर्ने तयारी छ । असारभित्र ६ वटै युनिट सञ्चालन गर्ने तयारी छ ।
भारतीय कम्पनीले सुरुको डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसकेपछि गत पुसमा डिजाइन परिवर्तन गरिएको थियो ।

आयोजनामा एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने गरी २ वटा एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने सुरुको डिजाइन रहेकामा अन्र्राष्ट्रिय परामर्शदाताको सिफारिसमा फिक्स डिजाइनमात्रै परिवर्तन गरिएको थियो ।

आयोजनाको बाँध र विद्युतगृहको काम पहिले नै पूरा भइसकेको छ । विद्युतगृहमा टर्बाइन तथा ट्रान्सफर्मर जडान २ वर्षअघि नै भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । विद्युतगृहमा ७६ मेगावाटका ६ वटा युनिट (टर्बाइन) जडान हुने आयोजनाबाट हिउँदमा भने करिब ९० देखि १०० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…