सरकारले राष्ट्रिय बिदामा गर्यो चार दिन थप

काठमाडौं, चैत्र ९ ।सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। ०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन गर्ने तयारी छ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ।

aawash steels

प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर चाडपर्वका बिदा थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सधैँ दिइँदै आएका अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…