डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको संसारमा फर्किने तयारी

काठमाडौं,चैत्र ९ ।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको संसारमा फर्किने तयारी गरिरहेका छन्।

गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्।

तर अब ३ महिनाभित्र ट्रम्पले आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारी रहेको उनका एक वरिष्ठ सल्लाहकारले जानकारी दिएका हुन्।

aawash steels

गत वर्ष नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुन्ने चुनावमा आफूले हारेपछि ट्रम्पले विभिन्न प्रकारले विरोध गरिरहेका थिए। निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा मुद्दासमेत हाले तर हार खाए।

त्यसपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको चुनावी जितको अनुमोदन गर्न गत जनवरी ६ का दिन अमेरिकी संसद् भवनभित्र सांसदको बैठक भइरहेका बेला ट्रम्पका समर्थकको उच्छछृंख समूहले हमला गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

super kinetic courier

त्यसपछि ट्रम्पले आफ्ना समर्थकलाई उक्साउँदै हिंसालाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेको भन्दै ट्विटर, फेसबुक, युट्युबले ट्रम्पलाई आफ्ना प्लेटफर्म प्रयोगमा सधैंका लागि प्रतिबन्ध लगाएका हुन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…