गौतमबुद्ध क्रिकेट रंगशालालाई सहयोग जुटाउन मेची महाकाली घरदैलो अभियान सुरु

चैत ५ , काठमाडौं । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।पुर्व मेचिदेखि पश्चिम महाकाली सम्मको घरदैलो अभियान यहीँ चैत १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।
रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको पनि धुर्मुसले बताए ।रंगशाला भित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने सात वटा स्तम्भ र ७७ वटै जिल्लाहरुको कक्ष निर्माण गरिने भएको हुँदा हरेक जिल्लाले आ-आफ्नो जिल्लाको कक्ष निर्माण गर्नका लागि सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो, उनले भने ।
चैत १० गते देखि कंचनपुरबाट सुरु हुने अभियानमा प्रत्येक जिल्लामा दुई दिनसम्म बसेर त्यहाँ रहेका सहयोगिमन, संघसंस्था, बितिय संस्थाहरु, सहकारी, महिला तथा आमा समुह, विभिन्न समुहहरु र स्थानीय सरकारसंग हातेमालो तथा सहकार्य गरिने छ ।
यो घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससंगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाई, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहेन भएका छन् ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताए ।

aawash steels

साथै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वितिय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समुहको नाममा सुरक्षित गर्न सकिने पनि धुर्मुस बताउछन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…