
काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी चार्टर विमानमार्फत बंगलादेश जाने भएका छन् । सोमबारदेखि सुरु हुने दुई दिन राजकीय भ्रमणमा ३९ जना रहने छन् । उनी सोमबार ढाकातर्फ जाने कार्यक्रम छ ।
नेपाल वायुसेवा निगमको न्यारोबडी विमान लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ । मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।
चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको बताइएको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने स्रोतले बताएको छ ।