संघीय संसदको हललाई सूचना प्रविधि मैत्री बनाइदै

काठमाडौं,चैत्र ८ । संघीय संसदका समितिहरुको बैठक बस्ने हललाई सूचना प्रविधि (आईटी) मैत्री बनाइने भएको छ।

सरकारले ती हललाई पूर्णरुपमा डिजिटलयुक्त बनाउने उद्देश्यकासाथ काम अगाडि बढाएको हो।

समितिका हललाई अत्याधुनिक सूचना प्रविधिमैत्री बनाउने काम संघीय संसदको सार्वजनिक लेखा समितिबाट सुरु भएको छ।

aawash steels

सार्वजनिक लेखा समितिको हललाई डिजिटलाइज गरी सूचना प्रविधिमैत्री बनाउन लागिएको समितिका सचिव रोजनाथ पाण्डेले बताए।

‘हललाई अत्याधुनिक प्रविधियुक्त बनाउन लागिएको हो,’ पाण्डेले भने, ‘आईटी फ्रेन्डली र आधुनिक हलमा हुनुपर्ने सम्पूर्ण सुविधा यसमा हुनेछ।’

पाँच महिनाभित्र सक्ने गरी काम सुरु भएको यो योजना सम्पन्न गर्न २० देखि २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको उनले बताए। अत्याधुनिक हल बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले टेन्डर आह्वान गरिसकेको छ।

अहिले सिंहदरबारभित्र भवन नम्बर १ को चौथो तलाको ४०९ नम्बर हलमा लेखा समितिको बैठक सञ्चालन हुँदै आएको छ। यही हललाई स्तारोन्नति गरेर डिजिटलयुक्त बनाउन लागिएको हो।

यसमा प्रत्येक समितिका सदस्य सांसदहरुलाई कम्प्युटर हुनेछन्। आफ्ना एजेन्डाहरुलाई कम्प्युटर मार्फत पेस गर्ने सिस्टम बनाइने छ।

त्यस्तै, भाषा परिवर्तनको सिस्टम पनि बनाइने छ। जस्तो कि आवश्यकताअनुसार अंग्रेजी–नेपाली भाषा परिवर्तन वा अन्यबाट नेपाली भाषा परिवर्तन गर्ने सुविधा पनि राख्ने पाण्डेले बताए।

त्यस्तै, समितिभित्र बोलिएका कुराहरुलाई स्वतः (अटोमेटिक) रुपमा रेकर्ड गर्ने प्रविधि पनि राखिने छ। त्यस्तै, वैठकको रिपोर्टिङ गर्न उपस्थित पत्रकारलाई पनि रेकर्ड गर्न र रेकर्डिङ उपलब्ध गराउने व्यवस्था हुनेछ।

अहिले हलमा रहेका माइक, फर्निचर लगायतका सामग्री परिवर्तन गरिने छ। साथै, कोरोना मापदण्डअनुसार सदस्यको बसाई व्यवस्थापन गरिनेछ।

‘माननीय सदस्यहरुलाई व्यवस्थित तरिकाले वैठक सञ्चालन गर्ने सोँचले यी सबै गर्न लागिएको हो,’ पाण्डेले भने।

यस किसिमको अत्याधुनिक हलमा अहिलेसम्म कुनै पनि समितिमा छैन। अन्य समितिहरुलाई पनि क्रमशः यस्तै किसिमको हल बनाइने पाण्डेले बताए।

‘भएका हलहरुलाई प्रविधिमैत्री बनाउने र समितिको वैठकलाई मिलाएर त्यसमा गराउने योजना रहेको छ,’ पाण्डेले भने।

नेपाल दूरसञ्चार प्राधिकरणले लेखा समितिलाई अत्याधुनिक सूचना प्रविधिमैत्री हल बनाउन भनेर टेन्डर आह्वान गरिसकेको छ। प्राधिकरणले हलको डिजाइन, सप्लाइन, स्टललगायतको काम गरि हललाई सूचना प्रविधिमैत्री बनाउन विद्युतीय टेन्टर आह्वान गरेको हो।

प्राधिकरण चैत्र १७ भित्र आवेदन दिन भनेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…