बागमती र प्रदेश २ का विभिन्न ठाउँमा आज दिनभरी बिजुली बत्ती जाने

काठमाडौं ,चैत्र ८ ।बागमती र प्रदेश २ का विभिन्न ठाउँमा आज दिनभरी बिजुली बत्ती जाने भएको छ।

वाग्मती र प्रदेश २ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना निकालेर यस्तो जानकारी गराएको हो ।

जिर्ण संरचना मर्मत गर्नुपर्ने भएकाले बत्ती काट्न लागिएको प्राधिकरणले जनाएको छ। पछिल्लो समय हरेक दिनजसो बत्ती काटेर प्राधिकरणले मर्मतको काम गर्दै आएको छ। दिनभरी बिजुली नहुँदा जनजीवन प्रभावित हुँदै आएको छ।

प्रदेश २ को सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।

त्यसैगरी वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि दिनभरी विजुली जाने छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…