सुन्दरी सरोजको प्रेरणादायी “ताज”

झट्ट सुन्दा महिलाको नाम भनी कल्पना गर्न नसकिने सरोज न्यौपानेले मिस डायमण्ड नेपालको ताज जितेका छन् । उनलेे समलिङ्गी तथा तेस्रो लिङ्गी बिचको प्रतिस्पर्धाबाट ताज जितेका हुन् । उनी पुरुषको रुपमा जन्मेपनि महिलाको स्वभाव, चाहना र परिचयमा सन्तुष्ट छिन् ।

रुपन्देहीको मणिग्राममा बस्ने १८ वर्षिय सरोजले गत हफ्ता उक्त सुन्दरी प्रतियोगितामा भाग लियेका थिए। साहशिक कदम नेपाल नामक एक संस्थाले ट्रान्स जेनडर महिलाहरुको समाजमा समान हक र सम्मानको लागि आयोजना गरेको संस्थाले बताएको छ।

मिस डायमण्ड नेपालको ताजले अब सरोजलाई परिचित हुन मद्दत गर्दै छ ।एक जवान युवकको शरीर, आवरण र परिचयबाट जवान युवतीको प्रस्तुती, आचरण, व्यवहार पक्कैपनि सहज र सरल छैन । तर, उनले त्यसलाई सरल रुपमा प्रस्तुत गरेकी छन्। यसका लागि उनलाई असहज, अफ्ठ्यारा र चूनौतीहरु थिए र अझै छन् पनि ।मिस डायमण्डको उपाधि जितेपछि उनीमा अझ चूनौती थपिएको छ ।

तेस्रोलिङ्गी तथा समलिङ्गीहरुको अधिकार र विकासमा लाग्ने उनको लक्ष्य छ । २१ औं शताब्दीमा पनि लिङ्गका आधारमा हुने भेदभावप्रति उनको कडा विरोध छ ।तिक्ष्ण बुद्धि भएकी उनी अध्ययनमा अब्बल छिन् । उनको पहिलो प्राथमिकतामा पनि अध्ययन नै छ । फेसबुक,इन्सटाग्राम , टिकटक लगाएतका सामाजिक सञ्जालमा पनि उनी सहभागी र सक्रिय छिन् ।मिस डायमण्डमा सहभागी हुनुपूर्व उनी साहसी कदम नेपालमा आवद्ध थिइन् । पुनःआवद्ध भएर सो संस्थाको काम र लक्ष्यसहित अघि बढ्ने उनको योजना रहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…