महिलाले अब पाठेघरको मुखको क्यान्सरको परीक्षण आफै गर्न सक्ने

काठमाडौं, चैत्र ७ ।महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ।

धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने गरेको चर्चा गर्दै भनिन्, ‘आफैँ जाँच गरी क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिनेछ।’

धुलिखेल अस्पतालले तीन महिनाअघिदेखि सुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ हालसम्म १५० महिलाले प्रयोग गरिसकेका छन्। धुलिखेल वरपरका महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको र प्रयोग गर्न पाएपछि सबै खुसी भएका शाक्यले बताए।

aawash steels

पाठेघरको मुखको क्यान्सर एचपीभी डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) तथा प्यापस्मियर टेस्ट गरी तीन तरिकाले परीक्षण गर्न सकिने जानकारी उनले दिए। यो सबै डाक्टरले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिच्किचाउने गरेको पाइन्छ।

‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गरी महिलाले आफैँले नमुना लिन सक्छन् । त्यही नमुना परीक्षण गरी क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । यो किटले ३० वर्षभन्दा माथिको उमेर समूहका महिलाको मात्र जाँच गर्न सकिन्छ।

डा.शाक्यले यो किटलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मान्यता दिइसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रयोग गर्न अनुमति दिइसकेको बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की सदस्य नमिता घिमिरेले ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गर्न अनुमति दिएको जानकारी दिइन्। नेपालमा पाठेघरको मुखको क्यान्सर ठूलै समस्या भएको जानकारी दिँदै घिमिरेले यो जाँच प्रक्रियाले पाठेघर मुखको समस्या केही हदसम्म कम गर्न सहयोग गर्ने आशा व्यक्त गरिन्।

धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. शाक्यका अनुसार पाठेघरको मुखमा भएका कोषको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो। समय–समयमा पाठेघरको जाँच गरी क्यान्सरपूर्वको अवस्था तथा प्रारम्भिक चरणको उपचार समयमै गर्न सके यसबाट बच्न सकिने उनको भनाई छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…