धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा एक्साभेटरका चालक पक्राउ

काठमाडौं, चैत्र ६ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा एक्साभेटरका चालकलाई पक्राउ गरेको छ।

गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारको खोल्सी जिपजिपेमा एस्काभेटरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेको आरोपमा एस्काभेटरका चालक दाङका भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।

उनलाई अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको सीआईबीले जनाएको छ।

aawash steels

उनलाई जिल्लाप्रहरी कार्यालय धादिङमा बुझाउने र ज्यानसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान गर्ने सीआइबीले जनाएको छ।

गत फागुन १७ गते खोल्सी जिपजिपेमा घाँस बोकेर फर्कँदै गरेकी कुमाल एस्काभेटरले ठक्कर दिँदा खाडलमा खसेकी थिइन्। त्यसपछि चालक बुढाथोकीले उनलाई पुरेको र सो घटना स्थानीय र त्यही काम गर्नेहरुले देखेर हिल्लाखल्ला गर्न थालेपछि उनी फरार भएका थिए।

super kinetic courier

घटनापछि उत्तेजित भीडले एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…