मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं, चैत्र ६ । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्यबारे जानकारी लिँदै जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने बताएका हुन्।

शुक्रबार बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न डाक्टर र परिवारसँग जनकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

गत फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बीचमा स्वास्थ्य अवस्थामा केही सुधार भएको भए पनि पछि पुनः बिग्रिएका कारण उनलाई भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनको उपचारमा वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाको टोली संलग्न छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…