आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

aawash steels

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनस्र्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीन वटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय बढ्दै गएको विवादका कारण संसद बैठक प्रभावित हुँदै आएको छ । आजको बैठकमा पनि मुख्य विषयले प्रवेश पाउने सम्भावना कम रहेको छ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…