
काभ्रे, चैत्र ५ ।काभ्रेको सिसाखानी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काभ्रे र त्यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
यसअघि फागुन १९ गते दोलखालाई केन्द्र बनाए ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।