नेपाल–खनाल समूह र प्रचण्ड बिच कार्यगत एकता कर्णाली प्रदेशबाट सुरु

काठमाडौं, चैत्र ५ ।एमालेको माधव नेपाल–झलनाथ खनाल समूह र माओवादी केन्द्रबीच कार्यगत एकताको सुरुवात कर्णाली प्रदेशबाट भएको छ।

सर्वाेच्चले विभाजनको फैसला गर्नुअघि नेकपाका प्रचण्ड–नेपाल एकै समूहमा रहेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लड्दै आएका थिए। उनीहरुले मिलेर प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरेका थिए। तर, सो प्रस्तावमाथि कुनै निर्णय नहुँदै सर्वाेच्चले एमाले र माओवादीलाई छुट्याइदियो।

अहिले माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रदेश सरकार ओली पक्षले ढाल्न खोजिरहेको छ। तर, नेपाल पक्षले माओवादी केन्द्रलाई साथ दिने भएको छ।

aawash steels

ओली पक्षका १० सांसदहरुले बुधबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए। तर, आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले सो निर्णय आधिकारिक नभएको बताएका छन्।

नेपाल पक्षका ज्वालाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको सामाजिक सञ्जालबाट स्पष्टीकरण दिए।

super kinetic courier

‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ ज्वालाले लेखेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ। औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ।’

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन काठमाडौँमा आएका ज्वालाले यहीँबाट कर्णाली सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन्।

पार्टीमा ओली प्रवृत्तिविरुद्ध संघर्षमा लागेको नेपाल पक्षले औपचारिक रुपमा कर्णाली सरकारलाई दिएको समर्थन कायमै रहेको बताएपछि माओवादी केन्द्रसँगको कार्यगत एकता अघि बढेको दुवै पक्षका नेताहरुले बताए।

माओवादी केन्द्रका एक नेताले त्यो सम्भावना उच्च रहेको बताए।

‘ओली र नेपाल पक्षले अलगअलग गतिविधि गरिरहेका छन्,’ ती नेताले भने, ‘हामी कार्यगत एकताको लागि छलफल गरिरहेका छौँ।’

यसअघि २०७७ असोज २५ गते कर्णाली प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव नेपाल पक्षकै कारण असफल भएको थियो। संसदीय दलमा दर्ता भएको सो प्रस्ताव नेपाल पक्ष पछि हटेपछि रद्द भएको हो।

कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रको सरकार जोगाउन नेपाल पक्ष निर्णायक छ। कर्णाली प्रदेशमा बलियो अवस्थामा रहेको नेपाल पक्ष र माओवादी केन्द्र मात्र मिल्दा पनि मुख्यमन्त्री शाहीको पद जोगिन्छ।

४० जना सांसद रहेको सो प्रदेशमा २० जना एमालेका छन्। जसमा ओली पक्षका १० जना मात्र छन्। तिनै १० जनाले समर्थन फिर्ताको निर्णय लिएका हुन्।

यो विषयमा माओवादी केन्द्र र माधव नेपाल पक्षबीच कार्यगत एकताको सम्भावना रहेको माओवादी केन्द्रका प्रदेश सांसद गोपाल शर्माले बताए।

‘कर्णालीमा नेपाल पक्षसँग मिलेर जाने वातावरण बन्दै गएको छ,’ शर्माले भने, ‘निर्णय उहाँहरुको राष्ट्रिय कार्यकर्ता भेलापछि हुनसक्छ।’

अर्कोतिर, ५३ सांसद रहेका सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन्। तीमध्ये १९ जना नेपाल पक्षमा छन्।

माओवादी केन्द्रका १४ सांसद छन्। बहुमत पु¥याउन २७ सांसदको समर्थन आवश्यक पर्छ। माओवादी केन्द्र र माधव नेपाल पक्ष मिलेको खण्डमा बहुमत पुग्ने देखिन्छ।

सो प्रदेशका सांसद तारा लामाले केन्द्रको निर्णयको आधारमा प्रदेशमा माओवादी केन्द्रसँग कार्यगत एकता हुनसक्ने बताए।

‘कार्यगत एकता केन्द्रको समीकरणमा निर्भर छ,’ लामाले  भने, ‘माथि जे हुन्छ, तल पनि त्यही हुन्छ, अहिलेसम्म हामी मिलेकै छौं।’

अन्य प्रदेशमा के हुन्छ?
बागमती, प्रदेश १, लुम्बिनी र गण्डकीमा नेकपा एमालेकै सरकार छ। त्यसमध्ये बागमती र प्रदेश १ मा ओलीपक्षीय मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ।

बागमतीमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन। सो प्रदेशमा एमालेका ५७ प्रदेश सभा सदस्य छन्। त्यसमध्ये माधव नेपाल पक्षका २३ जना छन्। माओवादी केन्द्रका पनि २३ जना छन्।

नेपाली कांग्रेसको २२ सिट छ। त्यस्तै, विवेकशील साझा पार्टीको ३ सिट, नेमकिपाको २ सिट, राप्रपाको २ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

प्रदेश १ मा नेकपा एमालेको ५१ र माओवादी केन्द्रका १६ जना सांसद छन्। नेपाल पक्षमा ३० र ओली समूहसँग २१ सांसद थिए। पछिल्लो समय नेपाल पक्षमा रहेका केही सांसद ओलीतिर लागेका छन्।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन्। जसमा नेकपाका ६७, नेपाली कांग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चको एक–एक जना सदस्य छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…