आजको एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष नजाने

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने गरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरिएको हो ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । सचेतक भट्टराईले भने, ‘बैठकका लागि नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।’ उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने–नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

यता नेपाल–खनाल समूहले भने आफूहरु संसदीय दलको वैठकमा सहभागी हुन नसक्ने बताएको छ । नेपाल–खनाल समूहका नेता योगेश भट्टराईले पार्टी संसदीय दलको वैठकमा उपस्थित हुनुपर्ने भए पनि राष्ट्रिय भेलाको व्यस्तताका कारण आफूहरु उपस्थित हुन नसक्ने बताएका छन् ।

नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिंदैछ । संसदीय दलको वैठकमा सहभागी नहुनेलाई पार्टी विधानको व्यवस्था अनुसार हुँदै जाने चेतावनी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिइसकेका छन् । नेपाल–खनाल समूहले वैठकमा सहभागी हुन नसक्ने स्पष्ट पारिसकेको अवस्थामा आजको वैठकमा अध्यक्ष ओली कसरी प्रस्तुत होलान् भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…