शेरधन राईको पत्नी जाङमु: मेराे परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नाे गाउँ जाँदा तपाईकाे टाउकाे दुखाई किन

काठमाडौं, चैत्र ४ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले गलत प्रचार गरेको बताएकी छिन्।

केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्ट सार्वजनिक भएपछि विभिन्न मान्छेहरुले त्यसमा प्रतिक्रिया जनाएका थिए। केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप समेत लगाएका थिए।

त्यसको जवाफमा बुधबार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्पष्टिकरण दिएकी हुन्।

शेरधन

‘याे त अति नै भाे! झुटकाे खेतीमा रमाउने, सत्यकाे खाेजी नगर्ने, अनि हावामा सबै दाैडने! हाे म मेराे श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेराे माइती गाउँ गएकाे साँचाे हाे। मेराे श्रीमान पार्टीकाे औपचारिक कार्यक्रममा भाग लिन जानु भएकाे हाे। तर अरुले भने जस्ताे चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयाेग गरेर हाेइन। मेराे परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नाे गाउँ जानु भयाे तपाईकाे टाउकाे दुखाई किन?’

जाङ्मुले धेरै झुटकाे खेती र धन्दा गर्ने ब्यापार किन गर्नु पर्‍यो भनि प्रश्न पनि उठाएकी छिन।

शेरधन

उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानकाे कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नाे व्यवस्थापनमा गएको र सँगै आफूहरुपनि गएको स्पष्टिकरण दिएकी छिन।

केही समय अघिमात्रै मोडेल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम बिबाह भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…