
खोटाङ, चैत्र ४ ।महिलाको कोठामा पसेको भन्दै कुटपिट गर्दा खोटाङमा एक पुरुषको हत्या भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–५ का खड्क भन्ने ३४ वर्षीय अजित राईको कुटपिटबाट ज्यान गएको हो।
कुटपिट गरी हत्या गरेको अभियोगमा रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी रहेका छन्।
महिलाहरु बसेको कोठामा प्रवेश गरेको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका अजितको उपचारको लागि स्वास्थ्य चौकी छापडाँडातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो।