बर्दियामा पाटेबाघको आक्रमणमा परेर फेरि एक महिला बेपत्ता

बर्दिया, चैत्र ४। बर्दियामा पाटेबाघको आक्रमणमा परेर फेरि एक महिला बेपत्ता भएकी छन्।

ठाकुरबाबा नगरपालिका ७ मोहनपुर कि ५५ वर्षीया डल्ली रावतलाई मंगलबार दिउँसो बाघले आक्रमण गरी बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।

घर नजिकैको जंगलमा निगुरो (तरकारी) टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेर जंगलमा बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए। रावतसँगै निगुरो टिप्न गएका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्।

aawash steels

निगुरो टिपिरहेको अवस्थामा बाघले आक्रमण गरी रावतलाई घिसार्दै जंगलतिर लिएर गएको प्रत्यक्षदर्शी महिलाहरुले बताएका छन्। बेपत्ता महिलाको खोजी भैरहेको निकुञ्ज प्रशासनले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा यस वर्ष मात्रै बाघको आक्रमणमा परी नौ जनाको मृत्यु भैसकेको छ।

super kinetic courier

बाघको आक्रमण बढ्दै गए पनि निकुञ्ज प्रशासन र स्थानीय नागरिकले आवश्यक सतर्कता नअपनाएका जानकारहरु बताउँछन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

बिहीवार थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, काठमाडौं : हाल नेपालमा दिनप्रतिदिन कोरोना ग्राफ बढिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…