नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजदेखि

काठमाडौं, ४ चैत । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

बिहीबारसम्म चल्ने भेलाका लागि जिल्ला–जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ता बुधबार आइपुग्ने नेताहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले भेला गर्न लागेको हो । भेलामा दुई हजार बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश–१, घनश्याम भुसाललाई प्रदेश–२, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएको थियो ।

यसैबीच नेपाल–खनाल समूहको भेला स्थगन गरिएको भनेर झुटो विज्ञप्ति जारी गरेको पाइएको छ । यसको भ्रममा नपर्न नेपाल–खनाल पक्षले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘नेकपा एमाले प्रचार विभाग, योगेश भट्टराई’ को नाममा विज्ञप्ति बनाएर भेला रोकिएको भन्ने झुटो खबर फैलाएको पाइएको हो । यो ‘साइबार साँढेहरूको कर्तुत’ भएको नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले बताएका छन् ।

‘छलछामको हद भयो । साइबर साँढेहरूको कर्तुत हो यो,’ डा. पौडेलको आग्रह छ, ‘कोही पनि भ्रममा नपरौं ४ र ५ गतेको भेला यथावत् छ ।’ आज (बुधबार) बिहानै योगेश भट्टराईले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’ नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…