फेसबुकबाट सुरु भएको प्रेमले होटल पुर्यायो अन्ततः विष पिलायो

काठमाडौं, चैत्र ३।भारतको मेरठमा पर्ने शास्त्रीनगरस्थित एक होटलमा प्रेमी–प्रेमिकाले नै विष पिएका छन्। जसमध्ये युवतीको मृत्यु भइसकेको छ भने युवकको अवस्था गम्भीर छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सूचना पाउनासाथ प्रहरीले घटनास्थल पुगेर दुवैलाई अस्पताल भर्ना गराएको थियो। त्यस क्रममा केटीको मृत्यु भएको हो भने गम्भीर अवस्थामा रहेका केटाको उपचार जारी छ।

स्थानीयकाअनुसार सोनिपत निवासी सुल्तानका छोरा २१ वर्षीय मोनु सामी मरेठमा हजुरआमासँग बस्थे। त्यस क्रममा लिसाडी गेट जाकिर कलोनीकी २१ वर्षीया सुमाइलासँग उनको प्रेम सम्बन्ध भयो।

दुवै जना सोमबार घरबाट निस्केका थिए। साँझ ६ बजे शास्त्रीनगरस्थित पीभीएस मलनजिकको होटलमा उनीहरूले एउटा कोठा बुक गरेका थिए। जहाँ बसेर दुवैले विष पिए। यो जानकारी होटल कर्मचारीले प्रहरीलाई दिएका हुन्।

उनीहरू बसेको होटलको कोठामा अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै किसिमको सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ। उनीहरूले विष किन पिए भन्ने कुरा अहिलेसम्म खुलेको छैन।

लकडाउनमा फेसबुकबाट सुरु भएको थियो प्रेम

हरियाणाका मोनु र लिसाडी गेटकी युवतीबीच लकडाउनका बेला फेसबुकबाट प्रेम सुरु भएको थियो। त्यस क्रममा दुवैले सँगै मर्ने निर्णय गरेका हुन्। यस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस विषयमा प्रहरीले दुवैको परिवारसँग सम्पर्क गरिरहेको छ।

फरक फरक समुदायका उनीहरू एकअर्कासँग विवाह गर्न तयार भएका थिए। सोमबार दुवै जना भेट गर्न होटल पुगेका थिए। दुई जनाबीच के कुरा भयो, अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

भनिन्छ, दुईमध्ये एक जनाको परिवारले विवाह गर्ने विषयमा आपत्ति जनाएको थियो। यसको कारण के हो भन्ने विषयमा युवक होसमा आएपछि थाहा हुने अपेक्षा गरिएको छ। अमर उजालाबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…