यौनसम्बनधका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि छिमेकीहरु आक्रोशित

छिमेकी जोडीले यौनसम्बनधका क्रममा अत्याधिक चर्को आवाज निकालेर सुत्न नदिएपछि आक्रोशित महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् । अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको चर्तिकलाबाट यतिसम्म दिक्क भएकी थिइन् कि उनले पत्रमा छिमेकीहरुलाई उनीहरुको भित्ता कागजजस्तै पातलो भएको र शारीरिक सम्बन्धको क्रममा उनीहरुको हरेक आवाज आफूले सुन्न सक्ने बताएकी छिन् ।

द सनको रिपोर्टअनुसार यो पत्र सामाजिक संजाल रेडिटमा शेयर भएपछि भाइरल भएको छ । पत्रमा लेखिएको छ ‘तपाइँहरुले आफ्नो वरिपरी बस्नेहरुप्रति खासै सम्मान देखाउनुभएको छैन तर उनीहरुका साना साना बच्चाहरु छन् र ती बच्चाहरुलाई तपाइँहरुको आवाजले चोट पुग्न सक्छ । तपाइँहरुको यौन चर्तिकलापछि बिहानसम्म हाँसो र गफ चलिरहन्छ । वास्तवमा हामी तपाइँहरुका हरेक शब्द सुन्न सक्छौं । के तपाइँहरु यसलाई घटाउन सक्नुहुन्छ ?’

पत्रमा छिमेकीहरुलाई यौन सम्बन्धका क्रममा झ्याल बन्द गर्न समेत आग्रह गरिएको छ । यदि भविष्यमा यो जारी रहेमा ध्वनी प्रदुषण नियन्त्रकलाई फोन गर्ने र उनीहरुको नाम र ठेगाना पेडिंटन मिल्टन फेसबुक समाचार ग्रुपमा शेयर गरेर बेइज्जत गरिदिने चेतावनी पनि पत्रमा दिइएको छ । उनीहरुको छेउका फ्ल्याटमा यौन र पोर्नको दुर्व्यसनीबाट सुधार हुँदै गरेकाहरु पनि बस्ने भएकोले यो जोडीले आफूहरुको यौनिक क्रियाकलाप निजी राखेमा आफूहरु आभारी हुने पनि बताइएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…