वार्ता सकिएको केहि घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा ‘आफ्नो घर’ शीर्षकको यस्तो कविता पोष्ट गरे ईश्वर पोखरेलले

काठमाडौं, चैत्र ३ ।नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहसँग वार्ता गरेलगत्तै एउटा भावूक कविता लेखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

उनले सोमबार दिउँसो भएको वार्ता सकिएको केहि घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा ‘आफ्नो घर’ शीर्षकको सो कविता पोष्ट गरेका हुन्।

यस्तो छ उनको कविता:

aawash steels

आफ्नो घर
अग्रजहरूको–
रगत पसिनाले सिंचित जगमा।

मिहिनेतले–
बनाएको आफ्नै घर।

super kinetic courier

सभ्यता र संस्कृतिको–
प्रतीक बनेको आफ्नै घर।

सौभाग्यको पर्याय रहेको हाम्रो घर!
भाग्य र भविष्यको प्रतीक हाम्रो घर!

बिडम्वना!
कुनैबेला त्यही घरमा
बिरानो जस्तो बन्यौं– हामी,
हराएको जस्तो बन्यौं र बनाइयौं– हामी!

साँच्चै भनौं–
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो!

सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किल नै पर्छ कि भन्ने लाग्यो!
आज त्यही घरमा पुगेकाछौं!

मेरो प्रिय घर!
यही घरबाट आफ्नै अर्थी निस्कियोस्– मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिनेछैन
स्वाभिमानलाई झुक्न दिनेछैन!

सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ
तर , म हराउन सक्तिन– मेरो घर!
म छोड्न सक्तिन मेरो घर !!

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…