ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल-नेपाल समूह नजाने

काठमाडौं, चैत्र ३। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्दैछन्। बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो।

एमाले फुटको संघारमा पुगेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन्। चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर, ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल-नेपाल समूह भने नजाने भएको छ।

मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ।

अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ।

विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए। तर, हिजोको छलफलमा दुबै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ। नेपाल-खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…