ओली र नेपाल पक्षका नेताहरुबीच अहिले धुम्वाराहीस्थित पार्टी कार्यालयमा छलफल

काठमाडौं, चैत्र २ ।नेकपा–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच अहिले धुम्वाराहीस्थित पार्टी कार्यालयमा छलफल भइरहेको छ।

सो छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, पार्टी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, गोकर्ण बिष्ट र रघुजी पन्त लगायत सहभागी छन्।

प्रधानमन्त्री ओलीले पछिल्लो घट्नाक्रम र पार्टीमा देखिएका विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाललाई बोलाएपछि नेताहरु धुम्वाराहीस्थित एमालेको पार्टी कार्यालय पुगेका हुन्।

aawash steels

एमाले संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री ज्ञवाली लगायतका आफूपक्षीय नेताहरुसहित ओली छलफलका लागि कार्यालय पुगेका हुन्।

त्यसैगरी वरिष्ठ नेता नेपालले, आफूपक्षका रावल, भुसाल, पाण्डे, बिष्ट र पन्तसहित छलफलमा सहभागी भएका हुन्।

super kinetic courier

 

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन्।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…