प्रधानमन्त्री ओली र राष्ट्रपति बिच भेटवार्ता

काठमाडौं, चैत्र २ ।नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब डेढ घण्टा कुराकानी भएको हो।

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ ७ बजे राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। त्यहाँबाट उनी साढे ८ बजेतिर बाहिरिएको स्रोतले जानकारी दिएको छ।

उनीहरूबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

एमालेभित्र विभाजन देखापरेको तथा सरकार अल्पमतमा पर्न लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

प्रधानमनत्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच कोटेश्वरमा छलफल भइरहेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…