बैठकलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।
आज (आइतबार) केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन् ।

अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच विभिन्न विषयमा छलफल भइरहेको नेपालको सचिवालयले जनाएको छ । उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सचिवालयले बतायो ।

aawash steels

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच अहिले कोटेश्वरमा छलफल भइरहेको छ’, सचिवालय स्रोतले भन्यो । नेकपामा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी कमिटीको बैठक बसेको थियो । सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु एमालेतिर फर्किएका थिए ।

हिजो बुटवलमा दलित पत्रकारहरुको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधवकुमार नेतपाल समूहलाई चित्त दुख्ने कुनै काम नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

super kinetic courier

माधवकुमार नेपाल र झलनाथ खनालसँग आफूहरुको राजनीतिक विचार, भावना र सम्बन्ध नजिक रहेकोले कुनै पनि बेला सहकार्य गरी अगाडि बढ्नु पर्ने समय आउन सक्ने जानकारी दिंदै नेकपा एमालेका विरुद्ध हुने गतिविधिबारे माओवादी केन्द्रको हेर्ड क्वार्टरसँग समन्वय गर्न अध्यक्ष प्रचण्डले कार्यकर्तालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…