शिक्षाका लागि साइकल यात्रा भन्ने मुलनारा सहित दोलखाबाट देवेन्द्र बस्नेतद्वारा साइकल यात्रा सुरु

दोलखा, चैत्र १ । शिक्षाका लागि साइकल यात्रा भन्ने मुलनारा सहित दोलखाबाट देवेन्द्र बस्नेतले साइकल यात्रा सुरु गर्नुभएको छ ।

साइकल यात्री देवेन्द्र बस्नेतले राजकुलेश्वर आधारभुत्त विद्यालयबाट दिपायल जिल्ला सम्मको १२ सय किलोमिटर एकल साइकल यात्रा अभियान सुरु गर्नुभएको हो ।हेल्प नेपालका सल्लाहाकार शंङकर कोईराला, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक प्रकाश दाहाल सहित विद्यार्थीहरुले टिका लगाएर शुभयात्राको आर्शिवाद दिएपछि बस्नेतले फाल्गुन ३० गते बिहान १०बजेबाट यात्रा सुरु गर्नुभएको हो ।

दोलखामा निर्माणाधीन राजकुलेश्वर आधारभुत्त विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले साइकल यात्रा गर्न सुरु गरिएको हो ।

बस्नेतले  अभियानमा एक किलोमिटर एक रुपैयाँको रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थाले मोबाइल एप ‘खल्ती’को बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर रकम सहयोग गर्न सकिने जानकारी दिनुभयो ।

शिक्षा

हेल्प नेपाल नेटवर्कले निर्माण सुरु गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको छ। स्कुल, टुरिजम, खेलकुद लगायत विभिन्न अभियानको लागि लामो समयदेखि लामो र छोटो दुरीको साइकल यात्रा गर्दै आउनु भएको  देवेन्द्र बस्नेतले १२ सय किलोमिटरको यात्रा १२दिनमा पूरा गर्नु हुने भएको छ । यात्रा दोलखा देखि डडेलधुरासम्मको हुनेछ।  बस्नेतले विभिन्न अभियानहरु संचालन गरेको भए पनि शिक्षाका लागि साइकलयात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो पटक गर्न लागेको हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…