आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, चैत्र १ ।आज (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।

हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु गरिनेछ।

‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ हुनेछ,’ नेता पोखरेलले आइतबार बिहान भने, ‘सर्वाेच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्यो/पुगेन, के-कस्ता प्रतिक्रिया आए/ आएनन्, (पार्टी) कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’

उनका अनुसार पत्र पुगेको २४ घण्टाभित्र कुनै प्रतिक्रिया नदिने वा ‘हामीले जे गरेका छौं ठीक गरेका छौं’ भन्ने प्रतिक्रिया दिने नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ।

आज यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने उनले बताए। ‘निर्णय नै त आज नहोला, तर छलफल सुरु हुन्छ,’ उनले भने।

हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…