संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री केपी शर्मा ओली अब एमाले भत्काउन लागिपरेको आरोप: खगेन्द्र संग्रौला

काठमाडौं, चैत्र १। लेखक खगेन्द्र संग्रौलाले संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री केपी शर्मा ओली अब एमाले भत्काउन लागिपरेको आरोप लगाएका छन्।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्दै पहिलेकै दुई दल ब्युँताइदिएपछि यसका नेताहरू अहिले आआफ्नै पुराना पार्टीमा फर्केका छन्।

यसै क्रममा एमाले अध्यक्ष ओलीले नेकपा हुँदा प्रचण्डसँग मिलेका झलनाथ खनाल र माधव नेपाल पक्षका सबैका पद र जिम्मेवारी खोसेपछि यो पार्टीभित्र ठूलो विभाजन देखापरेको छ।

ओलीले गरेको निर्णय अवैधानिक भन्दै खनाल–नेपाल पक्षले एमालेभित्र समानान्तर कमिटी नै बनाएको छ। जसले गर्दा एमाले लगभग फुटको अवस्थामा पुगेको आकलन गर्न थालिएको छ।

यसै सन्दर्भमा साहित्यकार संग्रौलाले यसअघि धेरै कुरा भत्काएका ओलीले अब एमाले भत्काउने थालेको टिप्पणी गरेका हुन्।

खगेन्द्र संग्रौला

संविधान

‘प्रधानमन्त्री ओली सरले संविधान भत्काए, संसद भत्काए, शक्ति पृथकीकरणको सन्तुलन भत्काए, राजनीतिक अभिव्यक्तिको मर्यादा भत्काए, सदाचार र पारदर्शिता भत्काए, नेकपा (नेकपा) भत्काए र अब नेकपा (एमाले) भत्काउँदैछन्,’ संग्रौलाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्,।‘ओली सरको ट्रिपल डाक्टरीको पदवीमा अब अर्को डाक्टरी थपिने भो– भत्काउ डाक्टरी !’

प्रधानमन्त्री ओलीले गत पुस ५ गते राष्ट्रपतिसमक्ष सिफारिस गर्दै प्रतिनिधि सभा विघटन गरेका थिए। तर त्यो संविधानविपरीत कदम ठहर गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गराएको हो।

संसद् विघटनको कदमसँगै तत्कालीन नेकपाबाट विभाजित प्रचण्ड–नेपाल र ओली समूहबीच पार्टीको आधिकारिता कब्जाको प्रतिस्पर्धा भइरहेको थियो। त्यहीबीच २ वर्षअघि ऋषि कट्टेलले आफूले पहिले निर्वाचन आयोगमा दर्ता गराएको नेकपाले मान्यता पाउनुपर्ने भनेर हालेको मुद्दाको फैसला यही फागुन २३ गते गर्दै सर्वाेच्चले नै प्रचण्ड–ओलीहरूको नेकपा बदर गरिदिएको हो।

त्यसपछि एमाले र माओवादी केन्द्र अलग भइसकेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…