चीन र रुसले चन्द्रमामा संयुक्त रुपमा अन्तरिक्ष स्टेशन बनाउने घोषणा

काठमाडौं, फाल्गुन २९ ।प्रविधिको क्षेत्रमा उल्लेखनीय फड्को मारिरहेको चीन र रुसले चन्द्रमामा संयुक्त रुपमा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेका छन्।

रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बीबीसीले जनाएको छ।

दुवै देशको अन्तरिक्ष निकायहरूको वक्तव्यमा यो स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने उल्लेख गरिएको छ।

रुसले पहिलो मानवसहितको अन्तरिक्षयानको उडानको ६० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो।

दुवै देशको बयानका अनुसार इन्टरन्याश्नल साइन्टिफिक लुनर स्टेशनले चन्द्रमाको अध्ययन त्यसको उपयोगसँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गर्नेछ।

बयानमा भनिएको छ,‘चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा बटुलेको अनुभव एवम् अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गरेर संयुक्त रूपमा इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनको निर्माणका लागि कार्ययोजना तयार गर्नेछन्।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…