नेपाली कांग्रेसका पुराना नेता तमर राईको निधन

काठमाडौं, फाल्गुन २९ । नेपाली कांग्रेसका पुराना नेता तमर राईको निधन भएको छ।

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यसमेत रहेका नेता राईको शुक्रबार राति झापाको मेचीनगर, काकडभिट्टास्थित आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

नेता राई २०७४ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका थिए।

aawash steels

राईले नेपालको लोकतान्क्रिक आन्दोलनहरुमा सत्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट सिंगो नेपाली कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्वसंगै झापाले एक सरल राजनीतिकर्मी र असल समाजसेवी गुमाएको कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राईको निधनले आफूलाइ अत्यन्त दुखित बनाएको बताएका छन्। बीपी कोइरालाका सहयात्री समेत रहेका राईले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको उनु भएको योगदान सदा स्मरणीय रहने देउवाको भनाइ छ।

super kinetic courier

उनले राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

‘बीपी कोइरालाका सहयात्री धनवर्ण राई ‘काका’ का सुपुत्र एवं मेरा मित्र तमर राईको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ’, देउवाले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…