हुम्लामा गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्ला, फाल्गुन २९ । हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ।

नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’

६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर छ। चंखेली ५ मा रहेको उक्त टावरले सबैतिर काम नगर्दा स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन्। टेलिकमको अर्को टावर निर्माणको पहल भइरहेको अध्यक्ष चौलागाईँले बताए।

aawash steels

चंखेलीमा इन्टरनेटले पनि राम्रो काम गर्दैन। घाम लागेको बेला इन्टरनेटले काम गर्ने भएपनि पानी पर्दा र घाम नलाग्दा काम नहुने उले बताए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…