सिद्धबाबालाई सफाइ दिने न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतमा सिफारिस

काठमाडौं, फाल्गुन २९ । अनुयायीलाई बलात्कार गरेको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने विवादास्पद फैसला गरेका सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतमा सिफारिस भएका छन्।

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको हो।

आफूलाई गिरीले आश्रममा बोलाएर बलात्कार गरेको भन्दै एक महिलाले गिरी विरुद्ध सुनसरी जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्। सो मुद्दामा कोइरालाले पीडित भनिएकी महिलाले नै सिद्धबाबालाई करणीको लागि बाध्य पारेको भन्ने वेहोराको विवादास्पद फैसला गरेका थिए। जसको सर्वत्र आलोचना भएको थियो।

‘सिद्धबाबाले महिलासँग यौन सम्बन्ध राखे पनि त्यो बलात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्दै उनले सिद्धबाबालाई सफाइ दिएका थिए।

कोइराला सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न सहजीकरण गरेको आरोपमासमेत छानबिनमा तानिएका न्यायाधीश हुन्। उनले नक्कली कागजपत्रका आधारमा अदालतमा मुद्दा दर्ता गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सघाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको थियो। कोइरालाको समेत गल्ती देखिएपछि आयोगले ०७५ को जेठमा उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

न्यायपरिषद्का सदस्य रहेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले भने कोइरालाको सिफारिसमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…