एमालेमा ओलीले नेपाल पक्षलाई जानकारी नै नदिई २३ जनालाई केन्द्रीय सदस्यमा गरे मनोनीत

काठमाडौं,फाल्गुन २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आफू बलियो बन्ने गरी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्दै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

तर, सो बैठकमा नेपाल पक्षका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरिएको थिएन।

aawash steels

केन्द्रीय समिति, स्थायी समितिमा बहुमत पु¥याउने गरी ओलीले एकलौटी मनोनीत गरेका हुन्।

भेलामा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार केन्द्रीय समितिको तयारीको बैठकअन्तर्गत आजको बैठक बसेको हो।

super kinetic courier

केन्द्रीय सदस्य मनोनीत गरेको बारे माधव नेपाल पक्षले कुनै जानकारी नभएको बताएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई मान्यता नदिएपछि माधव नेपाल पक्ष एमालेमै फर्किएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…

नेपालमा थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं , वैशाख ६ ।थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ८५ हजार…