प्रचण्ड: केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिए पनि सधैँ समर्थन भने नगर्ने

काठमाडौं,फाल्गुन २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिए पनि सधैँ समर्थन भने नगर्ने बताएका छन्।

आइतबार बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई स्म्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको कदम र प्रवृत्तिलाई आफूहरुले प्रतिगामी भनिसकेका कारण सरकारलाई सधैँ समर्थन नुहने बताएका हुन्।

‘हामीले केपीको प्रवृत्तिलाई प्रतिगामी र प्रतिक्रान्तिकारी भनिसकेपछि ओलीको सरकारलाई सधै समर्थन गरिराख्ने भन्ने कुरा हुँदैन’, प्रचण्डले भने, ‘तर हामीले अहिलेसम्म समर्थन फिर्ता लिएका छैनौँ।’

उनले माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आउने बताए। उनले ओलीले विश्वासको मत लिए एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने बताए।

‘हामीले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत लिने बाध्यता त आउछ तर विश्वासको मत हासिल गरे भने एक वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन फेरि’, प्रचण्डले भने।

उनले ओलीले राज्यसत्ताको दुरुपयोग गरेको बताए। उनले ओली जनता समाजवादी सांसद फुटाउन लागिपरेको बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…