पुनर्स्थापित एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

काठमाडौं,फाल्गुन २८ । पुनर्स्थापित एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ।

सर्वाेच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।

त्यसयता एमालेले पहिलोपटक केन्द्रीय कमिटीको बैठक राख्न लागेको हो।

aawash steels

बैठक चैत १ गते (आगामी आइतबार) धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ।          ऋषि कट्टेलले आफूले नेकपा नामको पार्टी निर्वाचन आयोगमा पहिले दर्ता गराइसकेको अवस्थामा एमाले र माओवादी केन्द्रले एकता गरी फेरि नेकपा नै भनेर आयोगमा दर्ता गराएको भन्दै २ वर्षअघि अर्थात् पछिल्लो नेकपा दर्ता भएलगत्तै सर्वाेच्च अदालतमा मुद्दा हालेका थिए।

super kinetic courier

जसको फैसला सर्वाेच्चले यही फागुन २३ गते गरेको हो– कट्टेलको नेकपा वैधानिक, पछिल्लो नेकपा खारेज भनेर। साथै पहिलेकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएपछि अहिले नेकपाका नेताहरू आआफ्नै पार्टीमा फर्केका हुन्।

यो फैसलाले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा पुर्‍याएको छ। जसअन्तर्गत एमालेको केन्द्रीय कमिटीमा २४१ सदस्य छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…