आफू फेरि एकपटक क्रान्तिमा अगाडि जानेःःप्रचण्ड

काठमाडौं,फाल्गुन २७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि एकपटक क्रान्तिमा अगाडि जाने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू अहिले नै छाड्ने मनस्थितिमा नरहेको बताएका हुन्।

माओवादी केन्द्रमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले माओत्से तुङको उदाहरण दिँदै आफूले अझै एकपटक क्रान्तिको नेतृत्व गर्ने बताएका हुन्।

‘एकपटक कोर्स करेक्सन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडि बढनुपर्छ भन्ने संकल्प मैले गरेको छु। यद्यपि जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६ र ६७ वर्ष भएँ। उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन’, अध्यक्ष प्रचण्डले भने, ‘माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए। ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरु विश्वस्त रहनुहोला, म छोड्नेवाला छैन, लड्नेवाला छु।’

 

उनले आफू २/४ वर्ष काठमाडौँ बाहिर गएर अभियान चलाउने मनस्थितिमा रहेको बताए।

अध्यक्ष प्रचण्डले नयाँ साथीहरुको खोजी गर्दा पुरानामा ध्यान नपुगेको र कतिपय पुरना साथीहरु छुटेको बताए। उनले आफू यसलाई सच्याउने प्रतिवद्धता समेत गरे।

‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु’, अध्यक्ष प्रचण्डले भने।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…