अमेरिकामा एक नेपाली उबर चालकमाथि तीन महिला यात्रुहरुले गरे दुर्व्यवहार

काठमाडौं, फाल्गुुुन २७ । अमेरिकाको सन फ्रान्सिस्कोमा एक नेपाली उबर चालकमाथि तीन महिला यात्रुहरुले दुर्व्यवहार गरेका छन।

गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि मास्क लगाएर यात्रा गर्नुस भन्ने अनुरोध गर्दा ती महिलाले दुर्व्यवहार गरेका हुन।

शुभाकरले माक्स नलगाएकाले आफूले सेवा नदिने बताएपछि ती महिलाले उनीमाथि दुव्र्यवहार गरेका थिए। उनीहरुले शुभाकरमाथि खोक्नुका साथै अपशब्दहरु बोलेको र गाडीबाट निस्कने बेला खुर्सानीको धुलोवाला स्प्रे छर्केको शुभाकरले बताएका छन।

कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खोस्न खोजेको, मास्क चुँडालिदिएको भिडियो विभिन्न समाचारमाध्यममार्फत सार्वजनिक भएको छ।

शुभाकरका अनुसार मास्क लगाउँन अनुरोध गर्दा एक महिला यात्रु अपशब्द बोल्दै उनीमाथि झम्टन आएकी थिइन। लगत्तै ती महिला उनीमाथि खोक्न थालिन।

दक्षिण एसियाली मुलको भएको थाहा पाएकाले ती महिलायात्रुले आफूमाथि दुव्र्यवहार गरेको शुभाकरको भनाई छ।

‘मैले कुनैपनि बेला ती महिलालाई नराम्रो शब्द बोलेको छैन। म चर्को आवाजमा पनि बोलिन र उनीमाथि बल पनि प्रयोग गरिन्,’ शुभाकरले अमेरिकी सञ्चारमाध्यमहरुलाई भनेका छन, ‘अरु मानिसहरुमाथि त्यस किसिमको व्यवहार गर्ने जनावर नै हुन्।’

कारमा रहेका तीन महिलामध्ये एकले माक्स नलगाएको देखेपछि शुभाकरले ती महिलालाई माक्स लगाउँन अनुरोध गरेका थिए। उनले नजिकै रहेको ग्यास स्टेशनमा ती महिलाले मास्क किन्लिन भनेर गाडी रोके। तर त्यसपछि ती महिला उल्टै उनीमाथि जाई लागेका हुन।

त्यसपछि गाडीबाट उत्रिएका महिलाले उनीमाथि खुर्सानीको धुलो स्प्रे गरेको उनले बताएका छन। खुर्सानीको धुलोका कारण गाडीभित्र श्वास फेर्न अप्ठारो भएपछि आफू बाहिर निस्केको उनले बताए।

‘यात्रु झ्यालबाट गाडीभित्र ती महिलाले खुर्सानीको धुलो छर्किइन,’ उनले भने, ‘गाडीभित्र श्वास फेर्न अप्ठारो भएपछि म तुरुन्त बाहिर निस्केँ।’

शुभाकर आठ वर्षअघि नेपालबाट अमेरिका पुगेका हुन। त्यहाँको कमाईले उनले नेपालमा रहेको आफ्नो परिवारको जोहो गर्ने गर्छन।

‘म अन्य समुदायको भएको भए ममाथि त्यस प्रकारको दुव्र्यवहार हुँदैनथ्यो होला,’ उनी भन्छन्, ‘ती महिलाहरु अमेरिकामा जन्मेर हुर्केका भएपनि उनीहरुले अरुलाई मानवभन्दा तल राखेर हेर्न हुँदैन।’

स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फरार छन। शुभककरको सहयोगका लागि भने गोफन्डमीमा सहयोग अभियान सुरु भएको छ।
भिडियो

अमेरिका
UBER RIDERS COUGH ON, ASSAULT, PEPPER SPRAY DRIVER
Driver Subhakar Khadka, who is South Asian, says he believes he was targeted because of his race. He picked up 3 women in the Bayview yesterday afternoon on San Bruno Avenue. https://t.co/Tzr7kTfyKQ pic.twitter.com/f8PiHDZ9CZ

— Betty Yu (@BettyKPIX) March 9, 2021

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…