काठमाडौं,२६ फाल्गुन । नेकपा माओवादी केन्द्रले पनि पेरिसडाँडास्थित पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ।
सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका छन्।
यसैकारण परिसडाँडास्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो।
एमालेसँग एकीकरण हुनुुअघि पनि त्यहाँ माओवादीकै केन्द्रीय कार्यालय थियो। तर नेकपा बनेपछि नेकपाका जनवर्गीय संगठनहरूको कार्यालय बनाइएको थियो।