१४ शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

फागुन २६ ,काठमाडौं, । संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आज (बुधबार) को प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व–सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । आजको बैठक शोक प्रस्ताव पारित गरेर चैत ३ गते मंगलबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने बैठक शुरु नहुँदै निस्किएका थिए । ओली निस्किएपछि कार्यसूची परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…