आजदेखि संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा

फागुन २६, काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) को वैठकबाट नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र अलग संसदीय दलको रुपमा देखिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्ता पक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको जानकारी दिएका छन् । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुरा संसद सचिवालयले व्यवस्था गरे अनुसार हुने गुरुङले बताएका छन् ।

निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माओवादी केन्द्र दिइएको पत्र संसद सचिवालयलाई मंगलवार नै पठाइसकेको छ । सो पत्र सबै प्रदेशसभा सचिवालयहरुमा पनि पुगेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदहरुको बस्ने सिट व्यवस्थापन मिलाइने बताउँछन् । माओवादी केन्द्र विपक्षमा गएको सूचना नआएकाले आज सत्ता पक्षकै अर्को लहरमा व्यवस्था हुने पाण्डेले बताएका छन् ।

उनले भने, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्ता पक्षमै रहेको हुनाले सत्ता पक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ । हिजोसम्म एउटै दलको हुनाले एकै ठाउँमा हुनुहुन्थ्यो, आजबाट नजिकै अरु व्यवस्था गरिन्छ ।’

पुनर्स्थापित प्रतिनिसभाको पहिलो बैठकका दिनसम्म सत्ता पक्षका सांसदको पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेका थिए । आजबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहे पनि माधव नेपाल झलनाथहरुसँग बस्ने छैनन् । अब प्रतिनिधिसभामा माओवादी केन्द्र तेस्रो दल बनेको छ । चौथो दलका रुपमा जसपा रहनेछ भने अन्य साना दलहरु राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…