सर्लाहीकाे हरिपुर नगरपालिकामा २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु

सर्लाही, फाल्गुन २५ । सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो ।

पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई नगदसहित सम्मान गरिने नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले जानकारी दिनुभयो । सानै उमेरमा हुने बालविवाह अन्त्य गर्न र नगरभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सुरु गरिएको मेयर मन्सुरको भनाइ छ ।

सानै उमेरमा विवाह हुँदा पढाइ छुट्नेदेखि स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले नगरपालिकाले अर्थिक वर्ष २०७७/०८८ को नीति तथा कार्यक्रमबाटै २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेकाले यो कार्यक्रमलाई आउँदाे योजनामा समेत लागू गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

aawash steels

तराईका जिल्लामा २० वर्ष नपुगी विवाह गर्ने र बीचमा पढाइ छोड्ने युवतीका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने र बालविवाहमा समेत कमी आउने कार्यक्रममा सहभागी पूजा साहको भनाइ छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…