काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ।
मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो।
सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।
निर्वाचन आयोगमा पहिले दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै सर्वाेच्चले आइतबार सत्तारूढ नेकपाको कानुनी मान्यता बदर गरिदिएपछि यसमा एकीकृत एमाले र माओवादी केन्द्र सोमबारबाट अलग्गिइसकेका छन्।
पहिले एमालेको केन्द्रीय कार्यालय त्यहीं थियो। माओवादी केन्द्रसँग एकता गरी नेकपा बनेपछि बोर्ड परिवर्तन गरिएको थियो। अहिले फेरि छुट्टिएपछि एमालेकै बोर्ड राखिएको हो।