नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य रहेका नेपाल पक्षका नेताहरु सोमबार दिउँसो बसेको बैठकले नयाँ परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफल गरेका हुन्।

‘अदालतको फैसला आएपछिको परिस्थितिबारेमा वृहत्तर विषयमा समग्र परिस्थितिबारे छलफल गरेका हौं, कुनै एउटा खास विषय वा एजेन्डाकेन्द्रित छलफल होइन,’ स्थायी समिति सदस्य घनश्याम भुसालले भने।

aawash steels

उनले तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा जनताबाट जुन असाधारण विश्वास व्यक्त भएको थियो, त्यसपछि कहाँनेर चुकियो र यो एकता भत्किन गयो भन्नेबारे समग्र समीक्षा गरिएको बताए।

‘आन्तरिक लोकतन्त्र कसरी कमजोर भयो, त्यसमा को जिम्मेवार थियो, जनताले जसरी मत दिएका थिए त्यसप्रति हाम्रो दायित्व के हो, त्यो मतको महत्व के हो? भन्ने जस्ता आधारभूत विषयमा हामीले समीक्षा गर्‍यौं,’ उनले भने, ‘तर, कुनै विशेष निष्कर्ष वा निर्णय गरिएको छैन।’

super kinetic courier

उनीहरुले अब कसरी जाने भन्नेबारे थप छलफल गर्दै जाने बताएका छन्।

माधवकुमार नेपाल पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, राजेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल लगायत नेकपाको स्थायी समिति सदस्य थिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…