प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ।

सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। सोहीअनुसार आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइकल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो।

aawash steels

प्रदेश सरकारले सोमबार (आज) बिहान ११ बजे मधेस भवनको खेलकुद मैदानमा धनुषाका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त १ हजार ५ सय छात्रालाई साइकल वितरण गर्न लागेको मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

उनका अनुसार धनुषाका २७ विद्यालयका छात्रालाई आज साइकल दिइनेछ।

super kinetic courier

यसअघि आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारले प्रदेशमा कक्षा ८ मा अध्ययनरत २० हजार छात्रालाई साइकल दिएको थियो।

छोरीलाई बढी नै विभेद हुने तथा दाइजोजस्ता कुप्रथाले ग्रस्त तराई–मधेसमा महिलाको अवस्था सुधार्न तथा उनीहरूप्रतिको हेय दृष्टि परिवर्तका लागि प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको छ।

छोरीको सुरक्षा, शिक्षामा विशेष ध्यान दिँदै प्रदेश सरकारले उनीहरूको आत्मबल बढाउन ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरेको हो।

जसअन्तर्गत छोरी शिक्षा बिमा, साइकल वितरण, छोरीलाई आत्मरक्षा तालिमलगायत कार्यक्रम प्रदेश सरकारले गरिरहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…