नेकपा बदर हुने फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष गम्भीर असहमतिमा

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको छ।

सरोकार नै नभएको विषयमा ‘राजनीतिक प्रवृत्तिको’ फैसला भएको ठहर गरेको प्रचण्ड–नेपाल पक्षले यस विषयमा छलफल गर्न आज स्थायी कमिटीको बैठक राख्ने भएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बिहान ११ बजे नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा स्थायी कमिटीको बैठक बस्नेछ।

सर्वोच्च अदालतको फैसलाबारे आइतबार साँझ प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भएको पाइयो। सोमबार स्थायी कमिटी बैठक बसेर हामी आवश्यक निर्णय गर्छौं।’

सर्वोच्च अदालतले ‘जबर्जस्ती जोड्न खोजेको र त्यसबाट राम्रो नहुने’ चेतावनी पनि उनले दिएका छन्।

यस्तै प्रवक्ता श्रेष्ठले फैसला ‘सोच्नै नसकिने’, ‘आश्चर्यचकित र स्तब्ध’ बनाउने खालको भएको प्रतिक्रिया दिएका छन्।

‘फैसलाले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरी निर्णय दिएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘सर्वोच्च अदालतको एउटा इजलासले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…