एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन्।

सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो।

यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दै छ।

 

धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदै छ। अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमनलगायतका कामहरु पनि गर्नेछ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम सञ्चालन हुनेछ।

यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधूरीका जनसमुदायहरुलाई सेवा प्रवाह गर्दछ। कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घरोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन्।

अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ।

कार्यक्रमको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ। स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौँ। यो सहकार्य बहुआयामिक छ किनकि यो डिजिटल डिभाइड घटाउने हाम्रो आकांक्षासँग मिल्दो छ। स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानिय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौँ।’

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दूरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो। यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) पनि समावेश गरिएकोले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौँ। चाँडैभन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन उपकरणहरु जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौँ।’

टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने, ‘यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ । स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौँ।’

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

पिएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् । पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उदेश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।

भर्खरै प्रकाशित

Dealing With Direct Lenders For Payday Loans – The Thing…

Another big pull which keeps new borrowers coming to payday loan online applications each day is the access. Are you ashamed of one’s debt and…

Pressing Help For Individuals Who Are In Search Of Free…

To take significantly the choice of a contractor, and the writing of scholar papers will be successful. Admission paper writing is one of our primary…

Writing A Research Paper

Download the sample of the paper, give it a read, and marvel at how perfectly it suits your needs. Complete the ordering form at the…

Pattern Detailed Define

You ought to begin your interview essay with an introduction. You ought to state the principle idea of your interview and give some background information…

How To Get To 1066 Battle Of Hastings Abbey &…

At Fulford, two miles from York on the east bank of the Ouse, they saw clear indicators that Edwin and Morcar meant to supply battle.…