केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् ।

राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि नेपालमा त्यसअनुसार इन्टरनेटको मूल्य भने घट्न सकेको छैन।

यसैका आधारमा मन्त्री गुरुङले अन्र्तराष्ट्रिय व्यान्डविथको मूल्य घट्दा नेपाली उपभोक्ताले पनि सस्तो इन्टरनेट प्रयोग गर्न पाउनुपर्ने बताएका हुन्।

अन्तर्राष्ट्रिय व्यान्डविथको मूल्य घटेको भए पनि नेपालमा इन्टरनेट व्यवसायको अवस्था भने बाहिरी मुलुकमा भन्दा फरक रहेको इन्टरनेट सेवा प्रदायकहरुको भनाइ छ।

aawash steels

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले नेपालमा इन्टरनेट व्यवसायमा विभिन्न तत्वहरुको प्रभाव रहेकाले मूल्य घटाउन नसकिएको बताए।

‘हाम्रोमा इन्टरनेटको मूल्य बढ्नुका विभिन्न कारणहरु छन्’, पराजुलीले भने, ‘त्यो कुरा सरकारलाई लिखितरुपमा बुझाएका छौं।’

super kinetic courier

उनीहरुले सरकारलाई लिखित रुपमा बुझाएको सुझाबअनुसार नेपालमा इन्टरनेटको मूल्य बढ्नुमा सबैभन्दा पहिला यसमा लगाइएको कर आउँछ।

एकातिर सरकारले इन्टरनेटलाई अत्यावश्यक वस्तुको रुपमा परिभाषित गर्दै राजपत्रमा समेत प्रकाशित गरिसकेको छ। यसअनुसार नेपालमा इन्टरनेट सेवा अत्यावश्यक सेवामा पर्छ।

राज्यले एकातिर अत्यावश्यक वस्तुको रुपमा राखिरहेका बेला यसमा लगाइएको कर भने अन्य वस्तुको भन्दा धेरै छ।

‘अहिले समग्रमा हेर्ने हो भने इन्टरनेटमा ४२ प्रतिशतभन्दा धेरै कर तिर्नुपर्छ,’ पराजुलीले भने, ‘त्यत्ति धेरै कर लगाएपछि कसरी सस्तोमा उपलब्ध हुनसक्छ?’

भारतबाट इन्टरनेट ल्याउँदादेखि उपभोक्ताले प्रयोग गर्दासम्म विभिन्न तहमा कर लगाइएको छ। भारतबाट ल्याउँदा १० प्रतिशत कर लाग्छ। त्यस्तै, एनएसपीले आइएसपीलाई दिँदा ६ प्रतिशत, आइएसपीले ग्राहकलाई बेच्दा ६ प्रतिशत कर लाग्छ। त्यस्तै, १० प्रतिशत टीडीएस लाग्दै आएको छ।

१३ प्रतिशत भ्याट, ४ प्रतिशत रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषमा आम्दानीको २ प्रतिशत बुझाउनु पर्छ।

अझ इन्टरनेट व्यवसायमा आयकर नै ३० प्रतिशत रहेको छ। अन्य क्षेत्रमा २५ प्रतिशत भइरहेको बेला इन्टरनेट व्यवसायमा अझ धेरै तिर्नु पर्ने बाध्यता छ।

त्यसबाहेक इन्टरनेटको मूल्य घट्न नसक्नुमा तार आयातमा लाग्ने भन्सार शुल्क, राउटर आयातमा लाग्ने १५ प्रतिशत भन्सार शुल्क, बिजुलीको पोल प्रयोग गरेवापत लाग्ने भाडा पनि कारणका रुपमा रहेका छन्।

अझ पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युतको पोल प्रयोग गरेवापत लाग्ने भाडामा बढाएको छ। फाइबर प्रयोगको भाडामा पनि वृद्धि भएको छ।

इन्टरनेट विस्तारमा पूर्वाधार प्रयोग महत्वपूर्ण हुन्छ। अहिले पूर्वाधार निर्माण र त्यसको प्रयोगमा समेत ठूलो खर्च हुने गरेको छ। पूर्वाधार निर्माण कम्पनी नहुँदा र सहप्रयोगको व्यवस्था नहुँदा हरेकले आफ्नै पूर्वाधार बनउनु पर्ने अवस्था छ।

पूर्वाधारमा सहप्रयोगको व्यवस्था भएमा यसले इन्टरनेटको लागत खर्च कम हुने व्यवसायीहरुको भनाइ छ।

‘पूर्वाधार कम्पनी बनाउनु पर्छ भनेर हामीले भनिरहेका छौं,’ पराजुलीले भने, ‘त्यसको नीति ल्याउँछौं भनेर भन्नु भएको छ।

उच्च कर, बिजुलीको पोलको भाडा, राउटर र तारमा लाग्ने भन्सार शुल्क, पूर्वाधारजस्ता विषयलाई सम्बोधन गर्ने हो भने इन्टरनेटको मूल्य घटाउन सकिने व्यवसायीको भनाइ छ।

‘हामीले इन्टरनेटका मूल्य घट्न नसक्नुका कारण लेखेर दिएका छौं,’ पराजुलीले भने, ‘उच्च कर घटाउनेदेखि लेखेर दिएका विषयलाई सम्बोधन गरिदिने हो भने मूल्य घट्न सक्छ।’

नेपालमा ४० भन्दा धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्। अहिले जसरी भए पनि ग्राहकको संख्या वृद्धि गर्ने ध्यानमा कम्पनीहरु लागिरहेको र कम्पनीहरुको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धासमेत हुन थालेको व्यवसायीहरुको गुनासो छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…