प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउन लागेका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । सरकारले आजबाट ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम शुरु गर्दैछ । ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने सरकारले तयारी गरेको भए पनि आवश्यकता अनुसार खोप उपलब्ध नभएपछि सरकारले ६५ वर्षमाथिकालाई मात्र खोप लगाउने भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…