नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारे सर्वाेच्च अदालतले आज फैसला सुनाउने

काठमाडौं,फाल्गुन २३ । ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको विवादबारे सर्वाेच्च अदालतले आज (आइतबार) फैसला सुनाउने भएको छ।

२०६९ सालमा ऋषिराम कट्टेलको नाममा ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नाम राखेर पार्टी दर्ता गराएका हुन्।

त्यही बेला पनि यसबारे विवाद भएको थियो। किनकि एउटै नामको दुइटा दल दर्ता गर्न नपाइने प्रावधान छ। तर माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ अर्थात् कोष्ठमा समेत राखेर फरक पारी दर्ता गरिएको हो।

aawash steels

तर नाम एउटै भयो भनेर कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। त्यसैको फैसला आज हुने भएको हो।

गत बिहीबार नै फैसला गर्ने भनिए पनि पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले शोकमा सर्वोच्चसहित सबै अदालत बन्द गरिएपछि फैसलाको मिति आजका लागि सारिएको हो।

super kinetic courier

नेकपा नामविरुद्ध सर्वाेच्च अदालतमा दर्ता गरिएका रिटको सुनुवाइ यही फागुन ६ गते सकिएको हो। यसमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने तयारी छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…

नेपालमा थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं , वैशाख ६ ।थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ८५ हजार…